आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

असईको अन्तिम नतिजामा गम्भिर त्रुटि, खड्का र भण्डारी समेत आदिवासीको कोटामा

असईको अन्तिम नतिजामा गम्भिर त्रुटि, खड्का र भण्डारी समेत आदिवासीको कोटामा

operation kathmandu

काठमाडौं
प्रहरी प्रधान कार्यालय नक्सालले साउन ३१ गते प्रकाशन गरेको प्रहरी सहायक निरीक्षक असई पदको अन्तिम नतिजामा गम्भिर त्रुटि भेटिएको छ । आदिवासी जनजाति कोटामा बाहुन, क्षेत्री समेतको नाम समावेश भएपछि परीक्षाको अन्तिम नतिजामा गम्भिर त्रुटि भेटिएको हो ।

नतिजाको क्रम संख्या २८५ को दर्ता नम्बर १६२७३ रहेको आकाश खड्काको नाम आदिवासी जनजातिको कोटामा नाम समावेश गरेको छ । त्यस्तै वैकल्पिकमा समेत आदिवासी जनजातिमा भण्डारीलाई १ नम्बरमा समावेश गरी नतिजा निकालेको छ । दर्ता नम्बर १७०१३ रहेको दिपेन्द्र भण्डारीलाई आदिवासी जनजातिको कोटामा वैकल्पिकमा नाम समावेश गरेको हो ।

नतिजाको विद्युतीय कपी अहिले प्रहरी प्रधान कार्यालयले आफ्नो अफिसियल वेबसाइटबाट समेत हटाइसकेको छ । यस विषयमा प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईसँग जिज्ञासा राख्दा खड्का र भण्डारी मगर जाति भित्रको एउटा थर रहेको भन्दै गैरजिम्मेवार र अस्वभाविक जवाफ दिए । उनले लोकसेवाले लिएको परीक्षामा लोकसेवाले नै नतिजा निकाल्ने भएकोले यसमा केही गर्न नमिल्ने बताए ।