आइतबार १६ भदौ, २०८१ | Sunday, September 01, 2024

बाबु पौडेल क्षेत्री विरुद्ध नेपाल सरकार (नेकपा २०६६, अंक ३, नि.नं. ८०९९)

जवरजस्ती करणी

बाबु पौडेल क्षेत्री विरुद्ध नेपाल सरकार (नेकपा २०६६, अंक ३, नि.नं. ८०९९)

  • प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न नसकिने ।
  • सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशवाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध वालिकामाथि भएको जवरजस्ती करणी जस्तो नृशंश एवं निर्मम अपराधमा प्रतिवादीको लिङ्गको घाउ खतका चिन्हहरूको विद्यमानता रहे नरहेको भन्ने आधारलाई कुनै सहानुभूति दर्शाइ रहनु नपर्ने ।
  • योनीमा औंला घुसाएको भनेपनि औला घुसाएको भनेकै आधारमा जबरजस्ती करणीको आरोपबाट निजलाई कम सजाय हुने अवस्था नदेखिने ।
  • मानव सभ्यता उपर नै कलङ्क लगाउने गरी एक अबोध नावालिका उपर जवरजस्ती करणी जस्तो जुन अमानवीय एवम निर्लज्ज अपराध भएको छ त्यसको गम्भीरता समेतलाई हेरी प्रतिवादी उपर सजायको निर्धारण गर्नु नै उचित हुने ।