मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस

चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचन चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।

विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ। परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।