आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

 

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।

दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ। यसअघि सोमबार उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्।

निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार वि।सं। २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्।