आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

ललितपुरको पथप्रदर्शक स्कुलमा १८ विद्यार्थीमाथि शिक्षक आचार्यले बजारे पाईप

ललितपुरको पथप्रदर्शक स्कुलमा १८ विद्यार्थीमाथि शिक्षक आचार्यले बजारे पाईप

ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेल स्थित श्री पथप्रर्दशक माविका शिक्षक अन्जनकुमार आचार्यले १८ जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । 

शुक्रबार विद्यालयमा कक्षमा ७ मा अध्यनरत विद्यार्थीहरुलाई लौरो र पाईपले निर्घाट कुटपिट गरी घाइते बनाएको वडा ४ का पूर्व वडा अध्यक्ष मुकुन्द पहरीले जानकारी दिए । 

घाइते विद्यार्थीहरुलाई गोदावरी १४ ठैवस्थित गोदावरी मिडसिटी अस्पताल लगेर उपचार गरी उपचारपछि घर फर्काइएको थियो । उनीहरुको शरीरभरि नीलडाम भएपछि विद्यार्थीहरुलाई अभिभावकहरुको मागपछि अस्पताल लगेर एक्सरे गरिएको थियो ।

घटना नियन्त्रणमा लिन पिडक शिक्षकलाई पक्राउ गर्नु परेको र आचार्यलाई महानगरिय प्रहरी बृत्त सातदोबाटो पठाएकोमा शिक्षक आचार्यलाई वडाध्यक्ष सानुभाई नगरकोटीले जिम्मा लिने भन्दै लगेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । तर वडाध्यक्ष नगरकोटीले आफूले पिडिकलाई आफूले फिर्ता नल्याएको र आफूले शिक्षकलाई कारवाही गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

ठूलो संख्यामा विद्यार्थी घाइते भएपछि वडाध्यक्ष सानुभाई नगरकोटीको नेतृत्वमा छानविन समिति बनाइएको र समितिको बैठक आइतबार बोलाइएको बुझिएको छ ।

गोदावरी ४ का पुर्ववडाध्यक्ष मुकुन्द पहरीले पिडक शिक्षकलाई वडाध्यक्ष नगरकोटीले प्रहरी नियन्त्रणबाट फिर्ता ल्याएर लुकाएको भन्दै आपत्ती जनाएका छन् । आफ्ना बच्चा घाइते भएपछि अभिभावकहरु आक्रोशित रहेका छन् ।