आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

गोदावरी नगरको आफ्नै इन्जिनियरिङ कलेज भवन धमाधम बन्दै

गोदावरी नगरको आफ्नै इन्जिनियरिङ कलेज भवन धमाधम बन्दै


ललितपुर ।  गोदावरी नगरपालिकाले आफ्नै इन्जिनियरिङ कलेज भवन निर्माण कार्यलाई तीब्रता दिएको छ ।  नगरपालिकाको वडा नम्बर २ विशंखुमा निर्माण गर्न लागिएको कलेज भवनको दोस्रो तल्ला ढलान सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । बहुवर्षीय योजनामा रहेका उक्त कलेजका दुईवटा भवन निमार्ण गरिनेछ ।

नगर प्रमुख गजेन्द्र महर्जनले भवन निर्माणको काम तीब्र गतिमा अघि बढेको बताए ।  ‘जतिसक्दो छिटो भवन निर्माणका काम सक्नेछौं । ’, नगरप्रमुख महर्जनले बताए । उक्त कलेजमा  आर्थिक वर्ष २०८२/८३ देखि इन्जिनियरिङ विषयको पढाई सुरु हुने नगरपालिकाले जनाएको छ । 

गोदावरी नगरपालिकाले पूर्वाधार निर्माणसँगसँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतमा राखेको छ आर्थिक वर्ष २०८०/८१ मा गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रमा ५ करोड बजेट विनियोजन गरेको छ ।