शनिबार २० पुस, २०८१ | Saturday, January 04, 2025

प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा गठबन्धन

प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा गठबन्धन

 

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए। उनले बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पनि सुनाए।

उनले भने, ‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ । उहाँहरू मिटर ब्याज पीडितको पक्षमा होइन। शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो । उहाँहरू जनतालाई जति लुटेपनि हुन्छ भन्ने पक्षमा उभिनुभयो । यस्तै गर्दै जाँदा प्रमुख प्रतिपक्षसहित विपक्षी दलको रोल पनि उचित हुँदैन ।’

उनले जनतालाई मिटर ब्याज सम्बन्धी विधेयकलाई अब चाँडै संसदबाट अघि बढाएर कार्यान्वयन गर्ने समेत बताए ।