शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभामा अवरोध

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभामा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिप्रति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।

एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ ? भन्दै प्रश्न गरिन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे।
उनले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन आग्रह गरे।