शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सदन खुलाउन एमाले तयार

सदन खुलाउन एमाले तयार

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुलाउने भएको छ ।

तीन दलका शीर्ष नेताबीच मंगलबार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा आयोजित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे ब्रिफिङ गरेका हुन् ।

बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक पदम गिरीले भनेप्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने,त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्‍याउने तथा सचिवालयले गरेको प्रेस नोटेले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ ।