शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अलिकति नैतिकता भए राजीनामा दिनुस्–राजेन्द्र लिङ्देन

अलिकति नैतिकता भए राजीनामा दिनुस्–राजेन्द्र लिङ्देन

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गरे । उनले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘तपाईंमा नैतिकता भन्ने चिज अलिकति भए राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन ।’