मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सर्वोच्चको फैसलाः कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली

सर्वोच्चको फैसलाः कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली

 

काठमाडौं । सर्बोच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली भएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वतः मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताए ।

यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली भएका हुन् । यसैबीच नेकपा एमाले संसदीय दलका नेता कार्कीले आफू मुद्दाका लागि काठमाडौं आएको भन्द एक साताका लागि आफू कामचलाउ मुख्यमन्त्रीमा पुनर्वहाली भएको जानकारी पाएको बताए । उनले आफू भोलि विराटनगर जाने बताए ।