शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चुच्चे नक्साबारे प्रचण्डको ब्रिफिङ–‘चीनसँग पहिल्यै कुरा भएको थियो, अहिले पनि चर्चा भयो’

चुच्चे नक्साबारे प्रचण्डको ब्रिफिङ–‘चीनसँग पहिल्यै कुरा भएको थियो, अहिले पनि चर्चा भयो’

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्साको बारेमा चर्चा भएको जानकारी गराएका छन्। शनिबार एक साता लामो चीन भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सो जानकारी दिएका हुन्। 

‘नक्साको बारेमा पहिलानै हामीले कुरा गरिसकेका थियौं। नक्साबारे समग्रमा चर्चा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले यो विषयमा आगामी दिनमा अझ सकारात्मक ढंगले अघि बढ्ने पनि बताए। ‘यो विषयमा आउने दिनहरूमा अझ सकारात्मक ढंगले जानेछ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

नेपालले २०७७ जेठ ७ गते सार्वजनिक गरेको नक्साको चुच्चो भाग पछिल्लो समय चीनले निकालेको नक्सामा समावेश छैन। 

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपालको नक्सामा चुचो भाग समावेश नगरिएपछि आलोचना भएको थियो।

यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्दै चीनलाई पत्राचार गरिएको प्रमाण फेला नपरेको बताएको थियो।