शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कोशीका ३ मन्त्रीले पाए जिम्मेवारी

कोशीका ३ मन्त्रीले पाए जिम्मेवारी

 

विराटनगर । कोशी प्रदेशका विनाविभागीय ३ जना मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी कमलप्रसाद जबेगुलाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालय गणेश उप्रेतीलाई दिएका छन् ।

राई नेपाली कांग्रेस शेखर कोइराला समूहका प्रदेश सांसद हुन् भने उप्रेती नेकपा माओवादीबाट मन्त्री भएका हुन् । त्यस्तै जबेगु नेकपा एकीकृत समाजवादीका सांसद हुन् । जबेगु र उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले गठबन्धन च्यापेपछि एमालेले सरकार छाडेको थियो । लामो समयसम्म उनले मन्त्रालय बाँडफाँट गर्न सकेका थिएनन् ।

३ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएको भए पनि अझै ५ मन्त्रालय मुख्यमन्त्रीले नै राखेका छन् । सामाजिक विकास, स्वास्थ्य, आर्थिक मामिला तथा योजना, खानेपानी(सिँचाइ तथा ऊर्जा, उद्योग कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ ।