राष्ट्रियसभा निर्वाचनः हेटौँडामा सुरु भयो मतदान
हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो ।
मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।
निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट १५ जना उम्मेदवारहरू रहेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० लगायतका दलहरूबाट महिला, दलित, अपाङ्गतारअल्पसंख्यक र अन्य तर्फबाट उम्मेदवारी परेको छ ।
मतदान अन्तरगत ११० जना प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २३८ गरि ३४८ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया