बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

विश्वप्रकाश शर्माले भने– ‘जिम्मेवार प्रतिपक्षी बन्न तयार

विश्वप्रकाश शर्माले भने– ‘जिम्मेवार प्रतिपक्षी बन्न तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन् । उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना समेत दिएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्,‘काङ्ग्रेस नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी ।’

महामन्त्री शर्माले माओवादीले एकाएक काङ्ग्रेससँगको गठबन्ध तोडेर एमाले सँग गठबन्धन गरेकोलाई नयान परिस्थिति बताएका छन् ।

उनले काङ्ग्रेसले कसैलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पस्ट पारेका छन् । उनले लेखेका छन,‘केही पत्रकार मित्र सोधीरहनु भएको छ
के काँग्रेसले ञफलानाझ लाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौं कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन । ’

यसअघि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको समाचार बाहिरिएको थियो ।