बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको आरोपमा डडेल्धुरामा उपमेयर र २ वडाध्यक्ष पक्राउ

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको आरोपमा डडेल्धुरामा उपमेयर र २ वडाध्यक्ष पक्राउ

 

कैलाली । डडेल्धुरास्थित परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यपालिका बैठकमै आज निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्षसम्म तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।