बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कांग्रेसले उम्मेदवार तय गर्न सकेन

कांग्रेसले उम्मेदवार तय गर्न सकेन

 

काठमाडौं । उपनिर्वाचनमा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक आज पनि अनिर्णित बनेको छ । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम( २ मा मुख्य प्रत्याशी हुन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् ।

आज पनि कुरा नमिलेपछि भोलि फेरि बैठक बस्ने गरी नेताहरु उठेका छन् । भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ ।

यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठक सहमति नजिक रहेको दाबी गरे । आकांक्षीहरुसँग समेत छलफल गरेर सहमतिमा उम्मेदवार चयन गरिने उनको भनाइ छ ।