बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम–२ र बझाङ–१ (१) मा आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न सक्नेछ ।

आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचनका लागि विभिन्न दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । नेकपा ९एमाले०ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।