बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

इलाम २ मा एमालेका सुहाङको अग्रता कायमै

इलाम २ मा एमालेका सुहाङको अग्रता कायमै

 

काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् ।

ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन् । उनीहरुबीच १००१ को मतान्तर रहेको छ ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७८४ मत ल्याउँदा रास्वपाका मलिन लिम्बूले ५६१ मत पाएका छन् ।

हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ ।