बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कांग्रेसले अडान नछाडेपछि सभामुखले राखेको बैठक निष्कर्षविहीन

कांग्रेसले अडान नछाडेपछि सभामुखले राखेको बैठक निष्कर्षविहीन

 

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’