बिहीबार २९ कात्तिक, २०८१ | Thursday, November 14, 2024

कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित पक्राउ

कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित पक्राउ

 

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो।

अख्तियारले आफू निर्वाचित वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरेका छन्।

दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएपनि यसलाई औपचारिक सार्वजनिक गरिएको छैन । अख्तियार बुटवलका सूचना अधिकारी गिता आचार्यले कार्यालयमा औपचारिक जानकारी केही नआएको बताइन् ।