शुक्रबार १२ पुस, २०८१ | Friday, December 27, 2024

सुनाकोठीका युवाहरुले रोके टिप्पर

सुनाकोठीका युवाहरुले रोके टिप्पर

ललितपुर । 
सुनाकोठीका युवाहरुले मालबाहक टिप्पर रोकेका छन् । रातभर टिप्पर गुडेर सुत्न नदिएको भन्दै उनीहरुले रोकेका हुन् । स्थानीय छ्वास टोल सुधार समितिका युवाहरुले टिप्पर रोकेको स्थानीयले बताएका छन् । 

गएराति ११ बजे बिना सडक अनुमतिका दश चकी टिपरहरु लगायत नाके टिपरहरु रोकि बिच बाटो बाट फर्काइएको एक युवाले बताए । उनले आइन्दा नआउन समेत भनेको बताए। १० चक्के टिप्पर क्षमता भन्दा बढी सामाग्री बोक्ने गरेको र सडकमा समेत क्षेति पुग्नुका साथै स्थानीयको निद्रामा अवरोध गरेपछि विरोध जनाउनु परेको ती युवकले बताए । 

गोदावरी नगरपालिका–५,६ र ७ नम्बर वडाबाट रात भर एयरपोर्ट निर्माणका लागि भन्दै निर्माण सामाग्री ढुवानी गर्दछन् । रात र दिन गरेर करिब १५ सय टिप्पर गुड्ने गर्दछ । यसअघि बंगमतीमा पनि विरोध भएपनि एयरपोर्टका लागि भने दिउँसो पनि गुड्न दिइएको छ ।