बुधबार २३ माघ, २०८१ | Wednesday, February 05, 2025

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो ।

उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।


नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो । उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।