तरबार र खुँडाले केक काट्दै आतंक मच्चाउने ७ जना पक्राउ
काठमाडौं । जन्म दिनमा तरबार र खुँडाले केक काट्र आतंक मच्चाएकाहरु धमाधम पक्राउ पर्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेसँगै उनीहरु पक्राउ परेको हो।
अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए ।
बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ ।
पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ । एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।
‘गुण्डागर्दी, कुनै पनि किसिमका ग्याङ स्टार र आतंक सिर्जनाका कामहरूविरुद्ध निर्मम भएर कारबाही गर्न हामीले अपरेशन चलाएका छौं । अशान्ति मच्चाउने काममा संलग्न जोकोहीविरुद्ध कारबाही गरिन्छ,’ एसएसपी बस्नेतले भने ।
पक्राउ परेकाहरूले १०–१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने प्रहरीको भनाई छ ।
प्रतिक्रिया