शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

पूर्वराजदूत झा हत्या काण्डः क्लु समेत पत्ता लगाएन प्रहरीले

पूर्वराजदूत झा हत्या काण्डः क्लु समेत पत्ता लगाएन प्रहरीले

 

हत्याको रात झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, झ्यालको जाली पटक–पटक काटिनु, सिसा फुट्नु, गेटमा बसेको पालेले कोही आए–गएको थाहा नपाउनुले घटना रहस्यमय बनेको छ ।

operation kathmandu

काठमाडौं
२०७५ भदौ ३ गते पुर्वराजदूत केशबराज झाको हत्या भयो । राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो।

हत्याको प्रकृति हेर्दा पेसेवरबाटै भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ। अनुसन्धानमा खटिएका प्रहरीले उक्त घटनाको अहिलेसम्म कुनै क्लु समेत फेला पार्न सकेको छैन । घटना रहस्यमय बन्दै गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

झाको हत्या हुँदा घरमा राजदूत र उनकी श्रीमती बस्थे। घरमा एक जना गार्ड, खाना पकाउने र माली समेत सँगै थिए। घटना भएको दिन घरका ढोका र झ्याल बन्द भएकाले प्रहरीले घटना घरभित्र नै भएको हुनसक्ने अनुमान गरिरहेको छ।

झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ। हत्याको रात झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, झ्यालको जाली पटक–पटक काटिनु, सिसा फुट्नु, गेटमा बसेको पालेले कोही आए–गएको थाहा नपाउनुले घटना रहस्यमय बनेको छ ।