शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

नमिता–सुनिता हत्याकाण्डः रहस्यमा नै बित्यो ४० वर्ष

नमिता–सुनिता हत्याकाण्डः रहस्यमा नै बित्यो ४० वर्ष

काठमाडौं
२०३८ जेठमा पोखरामा घटेको एक घटना अहिलेसम्म रहस्यमय छ । ‘नमिता–सुनिता हत्याकाण्ड’ नामले चर्चित सो घटनामा दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी तथा उनीहरूकी साथी नीरा पराजुलीको बलात्कारपछि हत्या भएको भनिए पनि त्यो रहस्य गर्भमै छ।

१८ जेठमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका उनीहरू २४ जेठपछि बेपत्ता भएका थिए । त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृत भेटिइन् । त्यसको ९ दिनपछि दिदी सुनिताको शव पनि भेटियो । पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि शव भेटियो । तर, त्यतिवेला डिएनए परीक्षण प्रविधि नभएकाले शव निराको हो होइन पुष्टि नै हुन सकेन ।

सुनीताको लाश भेटिएको ६ दिनपछि असार १२ गते रामघाटमा अर्को लाश फेला पर्यो। त्यो लाश वनपाले चूडामणि अधिकारीको थियो। अधिकारीलाई घटनाको प्रत्यक्षदर्शी ठानिएको थियो । जेठ २४ गते नमीता, सुनीता र नीरा तीनैजना पोखरा बजार ब्यारेकमा पसेको र कहिल्यै नफर्केको बताईएको छ। यसपछि पालैपालो उनीहरूको लाशमात्र फेला पर्न थाल्यो। यस घटना तत्कालिन दरबारसँग जोडिएकोले थप रहस्यमय बनेको बताईएको छ ।