विष्णुमानलाई चुनावी घरदैलोमा वडावासीले सोधेः विष्णुमान दाइ बज्रवाराही यातायात सेवा कता पुर्याउनु भो ?

काठमाडौं
टिकाभैरव–रत्नपार्क रुटको बस सेवाको नाम हो बज्रवाराही यातायात सेवा । टिकाभैरबदेखि रत्नपार्कसम्म बिहान ५ बजेबाट राती ८ बजेसम्म करिब २० वटा बस सञ्चालनमा थियो । ललितपुरको गोदावरी नगरपालिका–६ टिकाभैरब स्थित रत्तीको चौरमा बस स्टेसन थियो । स्थानीयले आफ्नो नजिक बस सञ्चालन हुँदा सहज महसुस गरेका थिए ।
फैडोल, रानागाउँ, सिखर्पा, गैरीगाउँ, कालिटार, लप्से, कोटडाँडा, बुरुन्चुली, देविचौर, इटाहिटि र टिकाभैरबका बासीन्दाको धेरै वर्षदेखिको माग अनुसार टिकाभैरवको रत्तीको चौरमा बज्रवाराही यातायात बस सेवा सञ्चालनमा थियो । केही वर्ष सेवा पनि गरे तर वडा नम्बर ६ का निवर्तमान वडाअध्यक्ष विष्णुमान महर्जनले यो पटक्कै मन पराएका थिएनन् । उनले गत वर्ष रत्तीको चौर संरक्षण गर्ने नाममा ढुंगा ओछ्याउना भन्दै बजेट पारिदिए ।
सडक छेउसम्म पर्खाल लगाउन लगाए । सानो चौर पर्खालले घेरिए । निवर्तमान वडा अध्यक्षको यस्तो हेपाह प्रवृत्तिका कारण बस राख्ने स्थान नभएपछि बस सेवाले सेवा दिन छोड्यो । यस कार्यले पनि उनी प्रति वडावासी आक्रोशित छन् । महर्जन नेपाली कांग्रेसबाट पुनः वडा अध्यक्षमा उम्मेदवार बनेर घरदैलो गर्दा वडाबासीले बज्रबाराही यातायात कता पुर्याएको भन्दै प्रश्न गरे । उनी मुसुक्क हास्दै जवाफ दिनबाट उम्किए । नमस्ते भन्दै घरदैलोमा अगाडि बढे ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया