दैनिक १० हजार पनि भुक्तानी गर्न नसक्ने अबस्थामा पुग्यो देउराली सहकारी

ललितपुर
देउराली बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय ललितपुरको सातदोबाटोमा रहेको छ । सहकारी अहिले चरम आर्थिक संकटमा पुगेको छ । आर्थिक संकटका कारण सहकारीले दैनिक १० हजार पनि भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक कारोबार नै बन्द गरेर पुनः सुचारु भएको देउराली बहुउद्देश्यीय सहकारी पुनः रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको हो ।
प्रति सदस्य १० हजार भुक्तानी गर्दै आएको देउरालीले सिमित संख्यामा मात्र रकम भुक्तानी गर्न थालेको छ । संस्थाले टोकन विवरण गर्ने रकम भुक्तानी सुरु गरेको छ । दैनिक एक सय जनालाई मात्र रकम भुक्तानी गर्न थालेको देउराली सहकारी प्रधान कार्यालयका एक कर्मचारीले बताए ।
असार २७ गतेसम्मको लागि टोकन विवरण भैसकेको समेत ती कर्मचारीले जानकारी दिए । तर, संस्थाका सदस्यहरु भने रुष्ट भएका छन् । टोकन पाउने भन्दा नपाउने सदस्यहरु धेरै रहेका छन् । पैसा फिर्ता दिनुत परको कुरा टोकन समेत नपाएको सदस्यहरुले गुनासो गरेका छन् । संस्थाले कति जनालाई टोकन वितरण गरेको हो, के आधारमा टोकन वितरण गरेको भन्ने आधिकारीक जानकारी दिएको छैन ।
सदस्यहरुबाट झण्डै ३ अर्ब बचत संकलन गरेको देउरालीले संस्था थप संकटमा गएको र बहाना स्वरुप टोकन वितरण गरेको संस्थाका सदस्यहरुले आरोप लगाएका छन् ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया