मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

ब्यूरोको टोलीको पेस्तोल नपड्केपछि प्रकाण्ड यसरी उम्किए

ब्यूरोको टोलीको पेस्तोल नपड्केपछि प्रकाण्ड यसरी उम्किए

 

बास्तोलालाई रोकेसँगै पछि पछि रहेको मोटरसाइकल मकवानपुर तिर मोडेर भाग्न खोजे । ब्यूरोको टोलीले हातले इशारा गर्दै रोक्न भन्यो । यता बास्तोलाले ‘तिनीहरु विद्यार्थी नेता हुन्, छोड्दिनु,’ भने ।

operation kathmandu

काठमाडौं
यसअघि नेत्रविक्रम चन्द विप्लव समूह माथि राज्यले प्रतिबन्द लगाएको थियो । समूहका नेता तथा कार्यकर्ता भुमिगत भएका थिए । समूहले राज्यलाई कर बक्यौता नतिरेको भन्दै दुरसञ्चार कम्पनी एनसेलविरुद्ध विभिन्न गतिविधि गरेका थिए । चन्दा उठाईरहेका थिए । ठाउँ ठाउँमा सामान्य भिडन्त भईरहेको थियो । सोही क्रममा एनसेल मुख्यालय नख्खुमा बम पड्किँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । समूहले विगत माओबादीले गरेको गतिविधिलाई नक्कल गर्दै सकृय पारिएको थियो ।

राज्य पनि उक्त समूह प्रति निर्मम ढंगले लाग्दै थियो । सोही अनुसार समूहका हजारौँ नेता तथा कार्यकर्ता कारबाहीमा परे । कोही अझै पनि गम्भिर अपराधमा बन्दी जिवन विताईरहेका छन् । एक वर्ष अघि सरकार र समूहबीच वार्ताको माहोल बन्दै थियो । सोही क्रममा २०७७ पुष २९ गते समूहका प्रभावशाली नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरे। बास्तोला समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख हुन् ।

उनलाई ललितपुरको दुर्गम क्षेत्र गिम्दिबाट पक्राउ गरेका थिए । उनलाई त्यसबेला विशेष ब्यूरोको टोलीले पक्राउ गरेको थियो । ब्यूरोको टोलीमा एक जना प्रहरी नायव निरीक्षक सईले कमाण्ड गरिरहेका थिए । उनको साथमा एक जना जवान थिए । विप्लब समूहको गतिविधि नियाल्न परिचालित ब्यूरोको सो टोलीले सोही दिन ठूलै उपलब्धि हात पार्न सक्यो । टोली र बास्तोलाको बाटोमा एक्कासी झम्काभेट भयो । उनलाई समाउने भनेर कुनै योजना बनाएर टोली त्यहाँ गएको थिएन । पक्राउ परेको अलि पर बाग्मती नदी छ । मकवानपुर र ललितपुरको सिमाना नदिले छुट्याउँछ ।

नदी पार गर्दै बास्तोला ललितपुर छिरेका थिए । उनी आफ्नो कार्यकर्ताको मोटरसाइकलमा बसेर आईरहेका थिए । बास्तोलाको पछि पछि करिब ३५ मिटर पर अर्काे मोटरसाइकल थियो । ब्यूरोको टोलीले नजिकको प्रहरी चौकी आश्रङलाई बोलायो । आश्रङ चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक असईको टोली तुरुन्त पुग्यो । बास्तोलालाई रोकेसँगै पछि पछि रहेको मोटरसाइकल मकवानपुर तिर मोडेर भाग्न खोजे । ब्यूरोको टोलीले हातले इशारा गर्दै रोक्न भन्यो । यता बास्तोलाले ‘तिनीहरु विद्यार्थी नेता हुन्, छोड्दिनु,’ भने ।

रोक्न नमानेपछि ब्यूरोको टोलीले उनीहरुलाई रोक्न आफ्नो कम्मरबाट पेस्तोल झिकेर फायर खोल्न खोजे । तर दुर्भाग्यबस फायर खोलेन । पेस्तोल पड्केन । सँगै रहेको आश्रङ इन्चार्जलाई फायर खोल्न निर्देशन दिए । विद्यार्थी नेताका लागि म फायर खोल्दिन भन्दै ती इन्चार्जले आफ्नो कम्मरको पेस्तोल झिक्न नमानेपछि ब्यूरोको टोली चुप लागे । पछि ब्यूरोले थप फोर्स प्रहरी परिसर जवलाखेल, प्रहरी वृत्त, चापागाउँबाट मगायो ।

पछि खुल्यो कि, ती विद्यार्थी नेता भनिएका मानिस विप्लब समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड थिए । उनीहरुसँगै सरकारसँग वार्ता गर्न आएका थिए । उनको पक्राउपछि सरकार र समूहबीच वार्ता समेत भएर तीन बुँदे सहमति भयो । र उक्त समूह अहिले खुला राजनीतिमा आएको छ ।