मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

विवादित उद्योगी शशी शाहीको यस्तो छ अबैध धन्दा, यसरी चलाउँछन् क्रसर र ढुंगा खानी

विवादित उद्योगी शशी शाहीको यस्तो छ अबैध धन्दा, यसरी चलाउँछन् क्रसर र ढुंगा खानी

काठमाडौं,
ललितपुरको गोदावरी नगरपालिका–७ र ८ को बीचमा रहेको खेला खेत भन्ने स्थानमा विवादित कथित उद्योगी शशी शाहीले सार्वजनिक जग्गा समेत मिचेर क्रसर उद्योग सञ्चालन गर्दै आईरहेका छन् ।

उनले विगत पाँच वर्षदेखि त्यस स्थानमा क्रसर उद्योग सञ्चालन गर्दै अईरहेको हो । उनले खोलाको छेउमै क्रसर सञ्चालन गरेका छन् । निजी जग्गामा क्रसर उद्योग सञ्चालन गर्दा सार्वजनिक जग्गा समेत मिचेको स्थानीयहरु बताउँछन् । पटक पटक आवज उठाउँदा गुण्डाहरु लगाएर आफूहरुको आवाज दवाउने कार्य कथित उद्योगी शशीले गरेको उनीहरुको आरोप छ ।

उनले क्रसर वरपर सार्वजनिक डाँडा समेत बाँकी नराखेर अबैध रुपमा ढुंगा उत्खनन् गर्दै डाँडालाई कुरुप बनाएका छन् । त्यस्तै उनले देविचौरको सार्वजनिक तथा सामुदायिक वनलाई समेत मिचेर अबैध रुपमा ढुंगा उत्खनन गरी खानी सञ्चालन गर्दै आईरहेका छन् । क्रसर वरपरको स्थानमा उनले डोजर नचलाएको ठाउँ नै छैन ।

खास गरी उनले ढुंगा खानी उत्खनन् गर्दा आफ्नो जग्गा देखाउँदै अधिकांश सार्वजनिक र सामुदायिक वन मिचेर खुलम खुला रुपमा डोजर चलाएर ढुंगा उत्खनन् गरिरहेको छ । स्थानीयलाई आफ्नो निजी जग्गा छ भन्दै भ्रममा राखेर वन र सार्वजनिक स्थानमा उनले डोजर चलाईरहेका छन् ।

छम्पी, डुकुछाप र देविचौरको बिचमा खोँचमा कसैले नदेख्ने ठाउँको फाईदा उठाउँदै उनले अबैध रुपमा उद्योग संचालन गरिरहेको छ ।
उनले वर्षाैँदेखि यसरी उद्योग चलाउँदै आएपनि नियामक निकाय गोदावरी नगरपालिका र वन कार्यालय भने कानमा तेल राखेर मुकदर्शक बन्दै आईरहेको छ । वर्षको एक पटक अनुगमन हुन्छ तर शशीले त्यो स्थानमा क्रसर चलाउन र वन भरी डोजर चढाएर ढुंगा खन्न छोडेका छैनन् ।

नगरको अनुगमन समिति भएपनि उक्त स्थानमा हुने गरेको अवैध गतिविधिमा कुनै बदलाप आएको छैन । खानी चलिरहेको छ । शशीको रजगज चलिरहेको छ । केही दिन अघि मात्रै शशीले आफ्ना सहकर्मी तथा अर्का खानी सञ्चालन सुदर्शन विष्टमाथि संघातिक हमला गर्न मान्छे खटाएका थिए ।

आफूसँग सामान्य विवाद भएको विषयलाई लिएर उनले आफ्ना साथीलाई समेत बाँकी राखेनन् । आफ्नो क्रसरका काम गर्ने देविचौरका समिर थिङलाई निर्देशन दिएर विष्टलाई आक्रमण गरी घाइते बनाएका थिए ।

समिरले विष्टको सवारी रोकेर वेहोस हुने गरी कुटपिट गरी विष्टकै गाडी मुनि हालेर भागेका थिए । उनीविरुद्ध प्रहरी परिसर जवलाखेलमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । यो विवादलाई साम्य पार्न शशी भने परिसर लगायत शक्ति केन्द्र धाईरहेका छन् ।