मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चापागाउँ–टिकाभैरब–लेले सडक: कच्ची हुँदा पन्छिने, कालोपत्रे बनेपछि जस लिने होडबाजीमा गोदावरी कांग्रेस

चापागाउँ–टिकाभैरब–लेले सडक: कच्ची हुँदा पन्छिने, कालोपत्रे बनेपछि जस लिने होडबाजीमा गोदावरी कांग्रेस

operation kathmandu

काठमाडौं
ललितपुरको सातदोबाटो हुँदै चापागाउँ–टिकाभैरब–लेले सडक कालोपत्रे बनेपछि गोदावरी कांग्रेसका उम्मेदवारहरुले जस लिने होडबाजी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भएको कालोपत्रे सडकलाई लिएर आफूहरुले बनाएको भन्दै कांग्रेसका जनप्रतिनिधिले जस लिने होडबाजी गरेका हुुन् ।

कान्तिलोकपथसँग टिकाभैरबमा जोडिने सडक पछिल्लो पटक कालोपत्रे भएको हो । उक्त सडक हालसम्म पनि निर्माणाधिन अबस्थामा रहेको छ । दक्षिण ललितपुर भेग, मकवानपुर र काभ्रे जिल्लाका यात्रु यात्रा गर्ने सडक यसअघि कच्चि अबस्थामा थियो । त्यसबेला खाल्डा खुल्डीका कारण यात्रुले निकै सास्ती व्यहोर्नु परेको थियो ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने सडकका कारण स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय लगायत सडक यात्रुले आशा गरेका थिए । तर जननिर्वाचित प्रतिनिधि आएपनि त्यो सडक नबनेपछि उनीहरुको तीब्र आलोचना भएको थियो । तर उनीहरु त्यो सडक केन्द्रीय सरकारको भएको, स्थानीय सरकार मातहत नभएकोले आफूहरुले चाहेर पनि बनाउन नसकेको भन्दै पन्छिदै हिँडिरहेका थिए ।

गोदावरी नगरपालिकाका निवर्तमान नगर प्रमुख गजेन्द्र महर्जन लगायतले यस्तै अभिव्यक्ति दिँदै हिँडेका थिए । तर पछि सडक कालो पत्रे बनेपछि आफूहरु उक्त सडक कालो पत्रे गरेको भन्दै जस लिन थालेर स्थानीयलाई बेवकुफ बनाउन सुरु गरेको छ । उनीहरुले मत आफूतिर तान्न यसलाई अस्त्र बनाएका छन् । कांग्रेसको तर्फबाट नगरका नगरप्रमुखका लागि उम्मेदवार समेत रहेका महर्जन, वडा नम्बर ६ का वडा अध्यक्षका दावेदार विष्णुमान महर्जनसहितका उम्मेदवार टोलीले उक्त सडक आफूहरुले नै कालोपत्रे गरेको भन्दै अफवाह फैलाउँदै भिडियो बनाउँन र प्रचारप्रसार गर्न व्यस्त छन् ।

नागरिकको आँखा धुलो चटाउँदै हिँडिरहेका छन् । उक्त सडक सडक विभाग अन्र्तगत काठमाडौं उपत्यका सडक विस्तार योजनाले बनाएको हो । योजनाले ठेक्का लगाएको उक्त सडक वल्ड वाईड कम्पनीले ठेक्का पाएर बनाएको हो । सम्झौताअनुसार उक्त सडक कम्पनीले ३ वर्ष अघि नै कालोपत्रे गरी सम्पन्न गरिसक्नु पर्ने हो ।