आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

विष्णुमानको ५ वर्षः २ वर्ष कार्यवाहक दिए, संकटमा सुकुटे, पोखरा धाए

विष्णुमानको ५ वर्षः २ वर्ष कार्यवाहक दिए, संकटमा सुकुटे, पोखरा धाए

operation kathmandu

काठमाडौं
ललितपुरको गोदावरी नगरपालिकाको विवादित वडा अध्यक्ष मध्ये नगरको ६ नम्बरका वडा अध्यक्ष विष्णुमान महर्जन पनि एक हुन् । नल्लु खोलामा अबैध ढुंगा खानीका मुख्य नाइके वडा अध्यक्षमा निर्वाचित भएपछि उनी व्यापक विवादमा तानिए ।

उनी यसअघि पनि सामुदायिक वन र सार्वजनिक स्थानमा अवैध रुपमा ढुंगा खानी सञ्चालन गरेको भन्दै पटक पटक विवादमा आए । अरु त के कुरा उनी वडा अध्यक्ष जितेपछि नगरले चोरलाई चाबी भनेको जस्तै खानी तथा क्रसर शाखाको संयोजक नै बनाइदिए ।

यत्ति मात्रै होइन, बितेको ५ वर्षमा उनी बढी विवादित बने । उनले ५ वर्षमा २ वर्ष जत्ति वडामा बसेर कामै गरेनन् । उनले त्यो २ वर्ष सदस्यलाई कार्यबाहक दिँदै वडा छोडेर वडाबासीको काम नगरी भाग्दै हिँडे । उनले एक वडा सदस्यलाई मात्रै १४ पटक जस्तो कार्यबाहक दिएर घुम्न निस्केका थिए ।

उनी आफ्ना साथीहरुसँग रमाइलो गर्न सिक्कीम, दार्जिलिङ, सुकुटे, पोखरा घुम्न गएको पाईएको छ । कोभिडको बेला घुम्न जाँदा उनीहरुको समूहका सबै जना कोभिड देखिएको थियो । त्यसपछि वडामा उनीहरुले कोरोना फैलाएको आरोप वडाबासीको रहेको छ । उनले एक पटक कार्यवाहक दिँदा ४ देखि ९ महिनासम्म दिने गरेको समेत खुलेको छ । अरु त अरु, उनले वडाबासीलाई परेको संकटका बेला समेत कार्यबाहक दिएर वडाको कामबाट पन्छिदै आएको पाईएको छ । कोरोना संकटका बेला मात्रै उनले ९ महिना, ४ महिना र २ महिना कार्यबाहक दिई भागेका थिए ।

वडाबासीलाई चाहिने बेला वडा अध्यक्षको कार्यबाहक अरुलाई दिई भाग्दै हिँड्ने उनी यसपटक पनि नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् । उनले आफू वडामा सञ्चालित बाँकी कार्य सम्पन्न गर्न उम्मेदवारी दिएको बताएका छन् । तर वडाबासीले भने उनले गरेका कामको मुल्यांकन मतबाट गर्ने जनाएको छ ।

उनले आफूलाई बलियो उम्मेदवार भएको भन्दै दाबी गर्दै आएको छ । उनले आफू बाहेक अन्य उम्मेदवार कमजोर रहेको बताउँदै आएको छ । तर उनले वडा अध्यक्ष जितेपछि सेवाग्राहीलाई राम्रोसँग सेवा नदिएको वडाबासीले आरोप लगाउँदै आएको छ । उनले सेवा दिने तरिका हेर्दा वडाबासीले उनको कार्यक्षमतामा समेत खोट रहेको भन्दै औला उठाएको छ ।