आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

मिटरब्याजीबाट ठगीएका १९३७ थान उजुरी गृहमाः ललितपुरको टाहाखेलका मिटरब्याजी टोलीविरुद्ध समेत दर्जन बढी उजुरी

मिटरब्याजीबाट ठगीएका १९३७ थान उजुरी गृहमाः ललितपुरको टाहाखेलका मिटरब्याजी टोलीविरुद्ध समेत दर्जन बढी उजुरी

operation kathmandu

काठमाडौं
मिटरब्याज लिएर जनता ठग्नेहरूको विरुद्ध गृह मन्त्रालयमा १ हजार ९ सय ३७ थान उजुरी परेको पाईएको छ । अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी सो संख्यामा मिटरब्याजबाट ठगीका उजुरी परेको गृह मन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा एक हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताए । गृहमन्त्री खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरूलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

मन्त्री खाँणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटरब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र मिटरब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे । उनले मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए ।

मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए । उनले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमान गरे भन्दा धेरै रहेको जानकारी दिए । गृहमन्त्री खाँणले अहिलेसम्म परेका तथा अब पर्ने उजुरीउपर मन्त्रालयले तत्काल छानबिन र अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए ।

त्यस्तै गृहमा परेको उजुरीमध्यमा ललितपुरको टाहाखेलको एक मिटरव्याजी टोली विरुद्ध समेत दर्जन बढी उजुरी परेको पाईएको छ । गृह स्रोतका अनुसार टाहाखेलका टोलीले चापागाउँ, ठेचो, लेले लगायतका स्थानका सय भन्दा बढीलाई मिटरब्याज लगाएर ठगी घरबार उठीबास गरेको समेत उजुरी परेको बताईन्छ ।