आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

ललितपुर–१ मा सागर र उदय पटक-पटक असफल, मतदाता भन्छन्–‘वाक्क दिक्क छौँ’ (भाग–१)

ललितपुर–१ मा सागर र उदय पटक-पटक असफल, मतदाता भन्छन्–‘वाक्क दिक्क छौँ’ (भाग–१)

काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसबाट यो पटक पनि उदय शमशेर राणा उम्मेदवारका रुपमा खडा हुँदा कांग्रेसी नेता, कार्यकर्ता तथा मतदाता आजित बनेका छन् ।

बाबु सागर शमशेर २०४८ सालदेखि उक्त क्षेत्रमा उम्मेदवार उठेदेखि हाल २०७९ सालमा छोरा उदय शमशेर उम्मेदवार उठ्दा कांग्रेस भित्रकै प्रभावशाली नेता तथा कार्यकर्ताको आजित भएका हुन् ।

लामो समय राजनीति गर्दा पनि आफूहरु राणा परिवारका कारण पार्टीमा ओझेलमा पर्न बाध्यात्मक अबस्था सिर्जना भएको कांग्रेसी आक्रोशित समूहको भनाई छ ।

सधै राणा परिवारलाई मात्र भोट दिने तर हाम्रो पालो कहिले नआउने भन्ने कुरा ललितपुरका चिया तथा चोकमा सुन्न आज भोली धेरै पाइन्छन् ।
उदयका बाबु २०४८ सालमा सो क्षेत्रमा उम्मेदवार उठेसँगै पुनः २०५१ साल र अर्काे पटक २०५६ सालमा पनि उठे । बाबु पछि छोरा उदय २०६४ हुँदै २०७० र पुनः २०७४ र २०७९ साल हालको आसन्न निर्वाचनमा उम्मेदवार उठ्दा कांग्रेसी नेता, कार्यकता तथा मतदातामा पर्न गएको छ ।

सागर ३ पटक उठ्दा एक पटक पनि जित्न सकेनन भने, उदय २०७० मा एक पटक मात्रै थोरै मतान्तरले जिते । ललितपुर राणा परिवारवादमा फसेको र कांग्रेसी नेता तथा कार्यकर्ताको ठूलो समूह विछिप्त बनेका छन् ।

उनीहरुले त्यस क्षेत्रमा पटक–पटक असफल सावित भईसकेका सागर र उदयबाट ललितपुर कांग्रेसमा ठूलो दुर्घटना हुन मात्रै बाँकी रहेको ती नेता तथा कार्यकर्ताले बताएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा ललितपुर कांग्रेसका पुराना एक नेताले राणा राणा भनेर पछि लाग्दा लाग्दै हाम्रो उमेर गइसकेको बताए । यदि सधै राणाको पछि लाग्ने हो भने हाम्रो पालो कहिले आउँछ भनेर दुःखेसो पोखेका छन् ।

“यसपटक हाम्रो मन सारै भाँचिएको छ । नैतिकता भित्र रहँदा हाम्रै राजनीतिक जीवन सङ्कटमा पुग्ने भयो ।”, उनले भने । कांग्रेसमा पटक पटक असफल सावित भईसकेका उदय मात्रै उम्मेदवार देखिँदा ललितपुरबासी वाक्क दिक्क भएका छन् ।

चन्दनपुरका एक मतदाताले यस्तै बताए । उनले ‘कांग्रेसमा उदय बाहेक उम्मेदवार नभएको हो कि जबरजस्ती हो । जहिल्यै उदय मात्रै देखिन्छन् । हामी वाक्क दिक्क भईसकेका छौँ ।’ भने ।

बाबुदेखि असफल भएपछि राणा परिवारबाट ‘सागरले छोरा उदयलाई उठाए । उदय असफल भएपछि नाति, पनातिलाई उठाउने त होला नि !’ भन्दै ललितपुरबासीले व्यंग्य गर्न थालिसकेका छन् ।