आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

शुक्रबार दिन भर ललितपुर प्रहरीले किन खोज्यो मदन पुस्तकालय ?

शुक्रबार दिन भर ललितपुर प्रहरीले किन खोज्यो मदन पुस्तकालय ?

ललितपु्र । 
शुक्रबार आधा दिन ललितपुर प्रहरीको सेटमा एउटा निर्देशन आईरह्यो । पापा वानबाट जारी भएको आवाले लोकेशन मागेको थियो । आफू मातहतका वृत्त, प्रभाग र चौकीहरुको सेटमा आवाज आइरह्यो । निर्दशनात्मक आवाज थियो ‘मदन पुस्तकालय कस्को एरियामा पर्छ, जानकारी गराउनुहोस’ ।

विहान ८ बजेदेखि आवाज सेटमा आइरहँदा सबै अलमलमा परे । मदन पुस्तकालय खोज्न तिर लागे। वृत्त, प्रभाग र चोकीका इन्चार्ज फोन घुमाउनतिर लागे । तर मेलोमेसो कहीबाट पाईएन । घडीले १२ बजाईसक्यो तर कसैले पनि खोजेर भन्न सकिएन । लोकेशन ‘पापा वान’ प्रहरी परिषर जवलाखेललाई दिन सकेन । ललितपुर भरीका प्रहरीलाई लोकेशन नपाउँदा तनावको स्थिति देखिएको थियो । पछि फोनमार्फत जानकारी भयो होला, लोकेशन मागिएन । लोकेशन थियो, पाटन ढोकाको मदन पुस्तकालय ।

बास्तबमा त्यहाँ राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार दिउँसो निरिक्षण गर्ने कार्यक्रम थियो । त्यसकारण लोकेशन मागिएको थियो । आधा दिनसम्म पनि आफ्नो इलाकाभित्रको लोकेशन भन्न नसक्दा सम्बन्धित प्रहरी इन्चार्ज माथि नै प्रश्न चिन्ह खडा भएको छ । पाटन ढोका पुल्चोक प्रभागको क्षेत्र थियो । परिषरले ‘होटेल फोर एट’ भन्दै पुल्चोकलाई पनि लोकेशन मागिएको थियो । तर होटल फोर एटले पनि लोकेशन दिन सकेन ।