शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

विवादित क्रसर नाइके शशी शाहीको अर्काे घिनलाग्दो हर्कत, क्रसरले धुलो उडायो भन्दै गुनासो गर्ने छिमेकीलाई निर्घात कुटाए

विवादित क्रसर नाइके शशी शाहीको अर्काे घिनलाग्दो हर्कत, क्रसरले धुलो उडायो भन्दै गुनासो गर्ने छिमेकीलाई निर्घात कुटाए

ललितपुर । 
ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापमा क्रसरले धुलो उडाएको विषयमा गुनासो गर्दा स्थानीय कुटिएका छन् । सजिलो रोडा ढुंगा उद्योग सञ्चालक शशी शाही रहेको क्रसरबाट अत्याधिक धूलो उडेपछि स्थानीयले पानी हाल्न आग्रह गरेको थियो । शाहीले आफ्नो क्रसरमा काम गर्ने युवकलाई परिचालन गरेर निर्घात कुटपिट गर्न लगाएका हुन् । 

उनले स्थानीय जयराम महर्जनलाई हिजो बिहीबार विहान निर्घात कुटाएका थिए । उनलाई हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई समिर तामाङ र मंगर लामालाई कुट्न अह्राएका थिए । महर्जनको उक्त क्रसर नजिकै घर र कुखुराको फर्म रहेको र क्रसरको धूलोले गर्दा समस्यामा पारेको भन्दै समस्या समाधान गर्न गुनासो गरेका थिए । त्यसपछि शाहीले ती युवकहरुलाई कुट्न पठाएको स्थानीयहरु बताउँछन् ।

महर्जनका श्रीमतीले उनीहरुविरुद्ध प्रहरी परिषर जवलाखेलमा किटानी जाहेरी दिएका छन् । कुटपिट गर्ने समिर परिषर प्रहरीको नियन्त्रणमा छ भने अर्काे मंगर भने फरार रहेको र उनको खोजी कार्य तीब्र भईरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कानुन बमोजिम कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ । 

शाही आफैमा विवादित मानिस यो मात्रै उनको पहिलो हर्कत होइन । आफ्ना कामदारलाई उक्साएर स्थानीयलाई कुटपिट गर्ने हर्कत उनले यसअघि पनि पटक पटक देखाएका थिए ।  यसअघि उनले आफ्ना कामदार उही समिरलाई उक्साएर अर्का क्रसर उद्योगी सुदर्सन विष्ट (सुदरे) लाई निर्घाट कुटपिट गरी बेहोस बनाएर गाडी मुनी पारेर राखेका थिए । त्यसभन्दा अघि मच्छिन्द्र मल्टिपर्पाेज नामक क्रसरका उद्योगी केदार तिमल्सिनाका ६६ वर्षीय वृद्ध बुवालाई निर्घाट कुटपिट गर्न लगाएका थिए । 

शाहीले यसरी आफ्नो व्यवसायमा समस्या पार्ने जोकोही विरुद्ध पनि यस्तै हर्कत देखाउँदै आईरहेका छन् । यस्तै उद्योगी सुदरे र केदारलाई पनि व्यवसायीय रिसीबी साँधेका थिए शाहीले । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पुत्र दिपेश निकट रहेको भनिएका शाहीले यस्तै भन्सुन शक्ति देखाएर डुकुछाप क्षेत्रमा क्रसरको नाममा गुण्डाराज चल्दै आईरहेको छ । उनको गुण्डाराज यो सम्म कि, उनले हालसम्म कुटपिट भएको घटनामा कुनै कारबाही भएको देखिदैन ।

उनले यस्तै भन्सुनी शक्तिको आडमा गुण्डा राज गर्दै स्थानीयलाई तर्साउँदै कुटाउँदै अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । उनले डुकुछाप, देविचौरमा अवैध रुपमा ढुंगा खानी सञ्चालन गर्दै आईरहेका छन् । उनको क्रसर र ढुंगा खानी सार्वजनिक, सामुदायिक वन र पाखामा रहेको छ । उनले राजश्व समेत छली गरेको भन्दै अख्तियार र राजश्व अनुसन्धानले अनुसन्धान सुरु गरेको छ ।